सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

पाेखरा | भदौ २२, २०८२

सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

पोखरा:  नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । 


अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।


महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । 


‘सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरु प्रभावमा परेका छन् भने यसले लाखौं मानिसको दैनिकी र रोजगारीमासमेत प्रभाव पारेको छ,’ महासंघले सिडिओमार्फत बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेका छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेका छन् ।’ 


महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको महासचिव गौतमले बताए ।


‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलाई प्रभावित पार्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निश्कर्ष छ,’ गौतमले भने । 


नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहिरहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष जितुले माग गरे ।


‘कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न अनुरोध छ,’ उनले भने, ‘देशमा सिर्जित लाखौंको रोजगारी खोस्ने, अर्थतन्त्रलाई नै प्रभावित पार्ने कदमबाट पछि हट्दै व्यवसायी तथा आम नागरिकको पक्षमा निर्णय गर्न माग गर्दै श्रीमान प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’ 


फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले बताए । अहिले त्यो नै नचलेपछि ब्यापारिक सम्बन्ध नै टुटेको उनले दुखेसो गरे । पर्यटकले सामाजिक सञ्जाल नै नचल्ने तिमीहरुको देशमा किन आउने भन्न थालेको उनले दुखेसो गरे ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्